Techie IT
२०८२ भाद्र १६, सोमबार

सुदूरपश्चिम रोयल्सद्वारा काठमाडौँ गुर्खाज ७३ रनले पराजित


नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको छ।

१६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाज १५.५ ओभरमै ९४ रनमा अलआउट भयो। गुर्खाजका लागि स्टीफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाएका थिए। अन्य खेलाडीमध्ये सुमित महर्जनले १४, गेर्हार्ड इरास्मस र भीम सार्कीले समान १० रन योगदान गरे।

सुदूरपश्चिमका बलर नरेन साउद खेलका स्टार बने। उनले ५ विकेट हात पारे भने अविनाश बोहराले २ र सैफ जैब तथा ब्राण्डन म्याकमुलनले १-१ विकेट लिए।

यसअघि, सुदूरपश्चिमले ६ विकेट गुमाउँदै १६७ रनको सम्मानजनक स्कोर बनाएको थियो। ब्राण्डन म्याकमुलनले ३६ बलमा ५३ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले, जसमा ३ चौका र ४ छक्का सामेल थिए।

सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमाडौँको यो दोस्रो पराजय हो। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट