Techie IT
२०८२ फागुन २८, बिहीबार

विराटनगरविरुद्ध कर्णाली याक्सको कमजोर सुरुवात


एनपीएलको खेलमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले पावर प्लेमा कमजोर सुरुवात गरेको छ। पहिलो ६ ओभरमा कर्णालीले २ विकेटको क्षतिमा मात्र ३२ रन बनाएको छ।

कर्णालीका लागि अहिले देव खनाल र विलियम बोसिस्टो क्रिजमा रहेका छन्। तर, ओपनर शिखर धवन ५ रन र च्याडविक वाल्टन १ रनमै आउट भएपछि टोली दबाबमा परेको छ।

विराटनगर किंग्सका बलरहरू प्रतिश जिसी र क्रिश सोलले १–१ विकेट लिँदै कर्णालीलाई शुरुवाती झट्का दिएका हुन्।

टस जितेर विराटनगरले पहिला बलिङ रोजेको खेलमा कर्णालीको ब्याटिङ प्रदर्शन अपेक्षाअनुसार प्रभावशाली हुन सकेको छैन। खेलको बाँकी समय रोमाञ्चक हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट