Techie IT
२०८३ जेष्ठ १०, आइतबार

कांग्रेसले विदेशी ऋणमा आधारित परियोजनालाई अब अनुमति दिदैन: महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी ऋणको बोझ थप्ने कुनै पनि परियोजनाको लागि कांग्रेसले समर्थन नगर्ने बताएका छन्। 

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सम्मेलनमा आज शनिबार बोल्दै उनले विशेषगरी बीआरआई कार्यान्वयन सम्झौताप्रति संकेत गर्दै आफ्नो कडा अडान सार्वजनिक गरेका छन् ।

महामन्त्री थापाले भने, “यो सम्झौतामा संसदमा छलफल गरौं। तर, कांग्रेसले कुनै पनि हालतमा ऋण लिएर परियोजना निर्माण गर्न अनुमति दिने छैन। भोलि कम्युनिस्टहरुले सरकार बनाए पनि कांग्रेसले यो अडान कायम राख्नेछ।”

उनले पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋणलाई देशकै सबैभन्दा खराब ऋणका रूपमा व्याख्या गर्दै, नेपाललाई श्रीलंका र पाकिस्तानजस्ता देशहरूको ऋण जालमा फस्न नदिन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट