Techie IT
२०८३ जेष्ठ १०, आइतबार

नेसपाका विनोद श्रेष्ठ माओवादी केन्द्रमा फर्किए, प्रचण्डद्वारा टीका लगाएर स्वागत


 बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का प्रवास विभाग सचिव विनोद श्रेष्ठ (क. क्रान्ति) माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी निकट संगठन काठमाडौं-गोर्खा सम्पर्क समन्वयको दोस्रो अधिवेशन कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर उनी पुनः माओवादी केन्द्रमा फर्किएका हुन्।

श्रेष्ठले भट्टराईको नेतृत्वमा वैकल्पिक शक्ति निर्माणको अभियानमा संलग्न भएर माओवादी परित्याग गरेका थिए। तर, समयक्रममा भट्टराईले पार्टी निर्माणको औचित्य स्थापित गर्न नसकेको कारण पुनः माओवादी केन्द्रमा फर्किएको उनले बताए।

श्रेष्ठले आफ्नो निर्णयको कारणबारे प्रष्ट पार्दै भने, “म माओवादी नै थिएँ। केही समय नयाँ प्रयोगका लागि डाक्टर बाबुराम भट्टराईलाई साथ दिएँ। तर, अपेक्षाअनुसार सफल परिणाम नआएपछि म आफ्नो मूलघरमा फर्किएँ। अब म पार्टीलाई ०६४ सालको अवस्थामा फर्काउन मेरो तर्फबाट भूमिका खेल्नेछु।”

श्रेष्ठ मिडिया क्षेत्रमा समेत सक्रिय व्यक्तित्व हुन्। उनले प्रवासबाट रिपोर्टिङ गर्दै "रातपाटी अनलाइन"मा पत्रकारिता गरेका थिए।

श्रेष्ठलाई माओवादी केन्द्रमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले विगतका सबै माओवादीहरूलाई एक ठाउँमा ल्याउन प्रयास भइरहेको बताए। उनले केही समयभित्र अन्य केही पार्टीहरूसँग एकताको सम्भावनाबारे सकारात्मक छलफल जारी रहेको पनि जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट