Techie IT
२०८३ असोज ६, मंगलबार

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : गभर्नर अधिकारी



काठमाडौं: नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारण सभामा बोल्दै उनले सरकार र केन्द्रीय बैङ्कले लिएका नीतिगत निर्णयहरूले बजारमा सकारात्मक प्रभाव पार्न थालेको बताए।

गभर्नर अधिकारीका अनुसार अर्थतन्त्रका विभिन्न सूचकहरू सकारात्मक देखिन थालेका छन्। राज्यले पनि अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सकारात्मक पहलहरू गरिरहेको उनको भनाइ छ।

"अटो शोमा देखिएको उत्साहले पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको प्रष्ट पार्छ," गभर्नर अधिकारीले भने। उनले यस वर्ष लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गर्दै यसले निजी क्षेत्रको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

 

#GovernerAdhikari



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट