Techie IT
२०८३ जेष्ठ १०, आइतबार

प्रभु बैंकको ३४ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला


प्रभु बैंक लिमिटेडले ३४ लाख २५ हजार ६१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले छुट्टा–छुट्टै सूचना जारी गर्दै विद्यमान संस्थापक र सर्वसाधारणका लागि आजदेखि सेयर बिक्री खुला गरेको हो।

बैंकका ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३२ लाख ९० हजार ३१७ कित्ता सेयर विद्यमान संस्थापकका लागि बिक्रीमा राखिएको छ। त्यस्तै, ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३५ हजार ३०१ कित्ता सेयर सर्वसाधारण र कम्पनीका लागि छुट्याइएको छ।

विद्यमान संस्थापक सेयर खरिदका लागि आवेदन दिन सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।सर्वसाधारणका लागि छुट्याइएको सेयरमा आवेदन दिन १५ दिनको समयसीमा तोकिएको छ। आवेदन प्रभु बैंकको काठमाण्डौ बबरमहलस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

सेयर बिक्रीको यो पहल बैंकका संस्थापक सेयरधनीबीच सेयर स्वामित्वको व्यवस्थापन र सर्वसाधारणलाई सेयर बजारमा थप अवसर प्रदान गर्ने उद्देश्यले गरिएको बैंकले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट