Techie IT
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौँ गुर्खाजको कमजोर सुरुवात: पावरप्लेमै २३ रनमा ४ विकेट गुमायो


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा काठमाडौँ गुर्खाजले पावर प्लेभित्रै कमजोर प्रदर्शन गरेको छ। लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको काठमाडौँले पहिलो ६ ओभरमा ४ विकेट गुमाएर मात्र २३ रन जोड्न सफल भएको छ ।

खेलको शुरुवाती तीन ओभरमै ओपनर माइकल लेभिट शून्यमा आउट भएका थिए । उनलाई लुम्बिनीका बलर रामोन सिमन्ड्सले पेभेलियन फर्काए।

त्यस्तै, चौथो ओभरमा स्टीफन एस्किनाजीले १३ रन बनाएर केही योगदान दिए पनि अभिषेक गौतमको बलमा आउट भए।

पाँचौं ओभरमा साद बिन जफरले गेर्हार्ड इरास्मसलाई मात्र १ रनमा आउट गरे। अन्ततः सुमित महर्जन ४ रन बनाउँदै सादकै बलमा पेभेलियन फर्किएका छन् ।

लुम्बिनी लायन्सका बलरहरूले काठमाडौँको सुरुवाती ब्याटिङ लाइनअपलाई निरन्तर दबाबमा राखेका छन्। अब गुर्खाजका लागि मध्यम र अन्तिम ओभरका खेलाडीहरूले स्थिति सम्हाल्नुपर्ने चुनौती छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट