तेलंगाना र आन्ध्र प्रदेशमा भीषण बाढी, दर्जनौंको मृत्यु, लाखौँ प्रभावित

भारतका दक्षिणी राज्यहरू तेलंगाना र आन्ध्र प्रदेशमा अविरल वर्षाका कारण भीषण बाढी आएको छ। यस विपत्तिले जनजीवन कष्टकर बन्दै गएको छ भने ठूलो जनधनको क्षति भएको छ। लगातारको भारी वर्षाका कारण दुवै राज्यका धेरै क्षेत्र जलमग्न भएका छन्।
नदीहरू खतराको तह नाघेका छन् भने सडक र पुलहरू बगाएका छन्। बाढीका कारण सयौँ घरहरू क्षतिग्रस्त भएका छन् भने हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबेको छ।
बाढी प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरी राहत शिविरहरूमा स्थानान्तरण गरिएको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्स (NDRF) का २६ टोली उद्धार र राहत कार्यमा जुटेका छन्। स्थानीय प्रशासन, सेना र स्वयंसेवी संस्थाहरू पनि उद्धार कार्यमा सक्रिय छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीहरूसँग टेलिफोन सम्पर्क गरी केन्द्र सरकारको तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।बाढीका कारण यातायात सेवा ठप्प प्रायः भएको छ। रेल तथा बस सेवाहरू प्रभावित भएका छन्। विद्यालयहरू बन्द गरिएका छन् र बजार क्षेत्रहरू सुनसान बनेका छन्।
तेलंगानामा बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने महबुबाद र खम्मन जिल्लामा थप तीन जना बेपत्ता भएका छन्। आन्ध्र प्रदेशमा पनि बाढीले जनधनको क्षति पुर्याएको छ।
मौसमविद्हरूले आगामी केही दिनसम्म दुवै राज्यमा भारी वर्षा जारी रहने अनुमान गरेका छन्। यसले बाढीको स्थिति झनै जटिल बनाउन सक्ने खतरा छ।
तपाईको प्रतिक्रिया दिनुहोस