Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

क्रोएसिया पठाइदिने प्रलोभनमा १८ लाख ठग्ने नाइके पक्राउ


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युवाहरूलाई रोमानिया र क्रोएसिया पठाइदिने बाहानामा लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जुम्ला घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ बस्ने ३६ वर्षीय बिरेन्द्र शाहीलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

शाहीले सोझासाझा ८ जना पीडितहरूबाट भिसा र रोजगारीको प्रलोभनमा पारी कुल १८ लाख रुपैयाँ कुम्ल्याएर सम्पर्कविहीन भएका थिए। पीडितहरूको सामूहिक उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई सूर्यविनायकबाटै पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार पक्राउ परेका शाहीलाई थप अनुसन्धान तथा कानुनबमोजिम कडा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट