Techie IT
२०८३ जेष्ठ १०, आइतबार

भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते


भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।     
    
जयपुर–अजमेर राजमार्गको भाङ्क्रोटा क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनास्थल वरपर केही पेट्रोल पम्पहरू थिए ।     
    
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।     
    
एसएमएस मेडिकल कलेजका प्रिन्सिपल दीपक महेश्वरीले भन्नुभयो, “लगभग २४–२५ जनालाई आईसीयूमा भर्ना गरिएको छ । घटनामा धेरै घाइते भएका छन् । यो एक गम्भीर दुर्घटना हो ।”     
    
आगलागीबाट ट्रक र निजी कारसहित करिब ४० सवारीसाधन जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको थियो । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले उद्धार र राहतका लागि सक्दो प्रयास भइरहेको बताएका छन् ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट