Techie IT
२०८३ असार २८, आइतबार

एनपीए क्रिकेट फाइनल: सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। जनकपुर रोयल्सले बलिङ गर्नेछ।

सुदूरपश्चिमले पहिलो क्वालिफायर खेलमा जनकपुरलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, दोस्रो क्वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

उत्साहजनक फाइनल खेलमा दुबै टोली उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न तयार देखिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट