Techie IT
२०८३ असार ६, शनिबार

जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस


सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली आवासीय राजदूत डा शैल रूपाखेतीले जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टेनमायरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।     
    
राष्ट्रपति भवनमा गत बुधबार आयोजित समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।     
    
प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँग भएको छोटो भेटघाट र कुराकानीकाक्रममा राजदूत डा रूपाखेतीले नेपालको वर्तमान राजनीतिक घटनाक्रम, भूराजनीति र नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराएका थिए ।     
    
त्यस अवसरमा जर्मनीका राष्ट्रपति स्टेनमायरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनीमा यसैवर्ष भएको भेटको सन्दर्भ र दुई देशबीचको वर्तमान सम्बन्धबारे चर्चा गरेका थिए ।     
    
सो समारोहमा जर्मनीका उच्च पदस्थ अधिकारीहरू र नेपाली राजदूतावास बर्लिनका अधिकारीको पनि उपस्थिति रहेको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट