Techie IT
२०८२ फागुन ४, सोमबार

थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ


कैलाली, ६ पुस – लागूऔषध मुद्दामा अनुसन्धान गरिरहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने आरोपमा तीन जनालाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ का २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्। उनीहरूले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक थुनुवालाई थुनामुक्त गर्ने आश्वासन दिई थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको स्वीकारेका छन्।

प्रहरीले घटनामा संलग्न आरोपितहरूको साथबाट ३९,५०० भारतीय रूपैयाँ पनि बरामद गरेको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट