Techie IT
२०८३ जेष्ठ १०, आइतबार

लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा ठोक्कियो चरा, साँगामा तुरुन्तै अवतरण


काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चरा ठोक्किएको छ । लुक्लाबाट काठमाडौं उडेको हेलि एभरेस्ट प्रालिको हेलिकोप्टरमा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

चरा ठोक्किएलगत्तै पूर्वसावधानी अपनाएर हेलिकोप्टरलाई भक्तपुरको साँगामा अवतरण गरिएको उक्त विमानस्थल प्रवक्ता रिञ्जी शेर्पाले बताए । 

लुक्लाबाट काठमाडौं आएको हेलि एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि सावधानीपूर्वक साँगामा ल्याण्ड गरिएको शेर्पाले बताए । उनका अनुसार अहिले चेकजाँच भइरहेको छ, यसपछि पुनः उड्नेछ । 

हेलिकोप्टरमा सवार ५ जना विदेशी र पाइलट रहेको शेर्पाले बताए । उनीहरू सबै सकुशल रहेका छन् ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट