चीनले हरित विस्तारमा रच्यो नयाँ इतिहास: १० हजार हेक्टर क्षेत्रभित्र वृक्षारोपण सम्पन्न
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले आफ्नो महत्वाकांक्षी वनीकरण परियोजना अन्तर्गत ११ हजार ८१३ हेक्टर (एक लाख ७७ हजार २०० म्यू) क्षेत्रफलमा वृक्षारोपण सम्पन्न गरेको छ। यो उपलब्धि आइतबार सार्वजनिक प्रतिवेदनमार्फत जानकारी गराइएको हो।
यस परियोजना सन् २०२१ मा सुरु भएको हो र यसले आगामी १० वर्षमा २०६ मिलियन म्यू (लगभग १३.७३ लाख हेक्टर) क्षेत्रमा वन विस्तार गर्ने लक्ष्य राखेको छ। परियोजनाले क्षेत्रको वातावरणीय सुधारका साथै हरित पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ल्हासाले सहरी क्षेत्रमा मात्र १८ लाख वर्गमिटरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण सम्पन्न गरेको छ। यसलाई सिजाङ क्षेत्रको प्रमुख सरकारी कार्यको रूपमा लिइएको छ।
ल्हासाका मेयर वाङ छियाङले सन् २०२५ सम्म थप दुई लाख ५० हजार म्यू क्षेत्रमा वनीकरण परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस