रवि लामिछानेलाई कानुनी कारबाही गर्दा नारायणहिटीमा राजा पस्ने भयमा एमाले
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कानुनी कारबाही गर्दा विद्रोह हुने र राजा पुनः नारायणहिटी पस्ने कुप्रचार गरेको अरोप लगाएका छन् ।
एमाले प्रचार तथा प्रकाशन विभाग दाङले आज (सोमबार) घोराहीमा आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘रविलाई कानुनी कारबाही गर्दा नारायणहिटी दरबारभित्र राजा पस्नेसम्म योजना बनाइयो । त्यो पनि कुप्रचार नै थियो । सुरुमा केही मान्छेहरू सडकमा देखिएको भए पनि बिस्तारै हराउँदै गएको छ ।’
त्यस्तै उनले रविविरुद्ध तथ्यहरू आउन थालेपछि नयाँ भन्ने वित्तिकै विकल्प हुन्छ भन्ने भ्रम चिरिएको समेत जिकिर गरे ।
‘दुई ठूला पार्टी निश्चित उद्देश्य लिएर सरकार बनाएका छन् । तर, यो सरकारले दशै तिहार नै कट्दैन भनेर हल्ला फैलाइयो । त्यसको प्रभाव आर्थिक क्षेत्रमा परेको छ । त्यसपछि सहकारी प्रकरणमा रवि लामिछानेलाई पक्राउ गरेपछि विद्रोह हुन्छ र नारायणहिटी दरबारमा राजालाई लगेर राख्छौँ भन्ने हल्ला चलाइयो,’ पोखरेलले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस