Techie IT
२०८३ जेष्ठ १०, आइतबार

ओलीको खेदाइ रावलको जुधाइले नयाँ पार्टीको जन्म हुँदै, एमाले लिलिपुट हुने संकेत


काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता डा.भीम रावलले अन्ततः नयाँ पार्टी खोल्ने भएका छन् । 

यहीँ पुस १० गते रावलालाई एमालेले पार्टीबाट निष्कासन गरेको थियो । साधारण सदस्यसमेत नरहने गरी एमालेले निष्कासन गरेपछि नयाँ पार्टी गठनको तयारीमा रावल जुटेका छन् । 

त्यसयता उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । आउँदो बुधबार दिउँसो १ बजे नयाँ पार्टी घोषणा गर्ने रावलनिकट स्रोतले बतायो । काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गर्ने स्रोतले बताएको छ । 

२०७८ मंसिरमा सम्पन्न एमाले १०औँ महाधिवेशनमा ओली र रावल अध्यक्षका प्रतिस्पर्धी थिए । तथापि अअध्यक्षमा निर्वाचित भएयता ओली र रावलबीच दुष्मनी बढेको थियो । उनीहरूबीच विवाद गहिरिँदै गएपछि एमालेले अन्ततः रावललाई पार्टीबाट निष्कासन गरेको छ । 

यसअघि ओलीकै कारण नेता माधवकुमार नेपाल, धनश्याम भुसाल एमालेबाट बाहिरिएका थिए । उनीहरूले ओलीको तानाशाही र स्वच्छाचारीले पार्टी परित्याग गरेको बताएका थिए । एमाले हाँक्दै आएका नेताहरूलाई विस्तारै पाखा लगाउँदै गएपछि एमालेको भविष्यमाथि प्रश्न उठेको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट