Techie IT
२०८२ कार्तिक ३०, आइतबार

सिरियाली नेता र युक्रेनी उच्च कूटनीतिज्ञबीच भेटवार्ता


सिरियाका नयाँ नेता अहमद अल–शराले सोमबार युक्रेनका विदेशमन्त्रीसँग भेटवार्ता गरेको सरकारी समाचार संस्था सानाले जनाएको छ ।     
    
रूसको सहयोगी राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेको केही हप्तापछि भेटवार्ता भएको हो । सन् २०१५ मा सिरियाको गृहयुद्धको लहरलाई दबाउन सहयोग पुर्‍याउनका लागि मस्को असदको प्रमुख समर्थकमध्ये एक थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसका लागि असदको पतनलाई ठूलो झट्काका रूपमा हेरिएको छ ।     
    
सानाले सिरियाली अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “सिरियाको नयाँ प्रशासनका नेता अहमद अल–शराले विदेशमन्त्री एन्ड्री सिबिगा नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।”     
    
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार आफ्नो देशले ५०० टन गहुँको पीठोसहित पहिलो खेप सिरियामा पठाएको बताएका छन् । युद्धको बावजुद युक्रेन विश्वको शीर्ष गहुँ उत्पादकमध्ये एक हो।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट