Techie IT
२०८३ जेष्ठ १०, आइतबार

सहकारी ठगहरू रवि–छवि लगायत ६३ जनाको कहिले हुन्छ थुनछेक बहस ?


काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी बचत अपचलन अभियोजनमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ । 

जिल्ला अदालत कास्कीमा गत सोमबारदेखि जारी बयान अन्तिम चरणमा पुगेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उनका अनुसार अहिले आरती गुरुङको बयान जारी छ । 

उनको बयान सकिएलगत्तै थुनछेक बहस सुरु हुने खनालले बताए । उनले भने, ‘सबैको बयान लगभग अन्तिम चरणमा पुगेको छ । बयान सकिएलगत्तै थुनछेक बहस आरम्भ हुन्छ ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान सकिएको छ । 

यहीँ पुस ५ र ७ गते सूर्यदर्शन सहकारी बचत अपचलनमा संलग्न ६३ जनाविरुद्ध १ करोड ५१ लाखभन्दा बढी बिगो माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले कास्की अदालतमा अभियोजन दायर गरेको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट