प्रधानमन्त्री ओली झ्यालबाट छिर्न थालेपछि पुस अन्तिम साता संसद्को ढोका खोलिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यहीँ पुस अन्तिम साता संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने भएको छ ।
संसद्मा विचाराधीन दर्जन बढी विधेयक पारित गर्ने लगायतका विषयलाई ध्यानमा राख्दै सरकारले दिन नसकेको बिजनेसबारे छलफल तथा निर्णय गर्न उक्त अधिवेशन आह्वान गर्ने तयारी भएको एक मन्त्रीले बताए ।
संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । त्यसयता सरकारले हिउँदे अधिवेशन बोलाएको छैन । अधिवेशन नबोलाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी लगायतका केही विधेयक अध्यादेशमार्फत जारी गरेका छन् ।
यसलाई संसदीय मामिलाका जानकारहरू ओलीले संसद्बाट ल्याउनुपर्ने विधेयक झ्याल (चोरबाटो)बाट ल्याएको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस