भीम रावलले नयाँ पार्टी गठन गर्ने चर्चा हल्लामा परिणत, सामान्य अभियानमा सीमित
काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भीम रावलले नयाँ पार्टी गठन गर्नुको साटो अभियानको घोषणा गरेका छन् ।
उनले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत मातृभूमि जागरण अभियान अभियान घोषणा गरेका हुन् ।
रावलले आज नयाँ पार्टी गठन गर्ने एक साताअघि नै चर्चा चलेको थियो । तर, उक्त अभियान घोषणा गरेपछि पार्टी गठनको चर्चा हल्लामा परिणत भएको छ ।
उनले यहीँ अभियानमार्फत नयाँ पार्टी घोषणा गर्ने बताएका छन् । रावलले भने, ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्नेछ ।’
भीम रावलले आफूले तत्काल पार्टी गठन नगर्ने र मातृभूमि जागरण अभियान राष्ट्रव्यापी चलाउने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस