Techie IT
२०८३ जेष्ठ १०, आइतबार

क्राइम रिपोर्ट : एकैदिन ५ जना मृत फेला, अनुसन्धान जारी


काठमाडौं । देशका विभिन्न ठाउँमा पाँच जना मृत फेला परेका छन् । आज (बिहीबार) मात्रै पाँच जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । 

उक्त सचिवालयका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजु डेरा गरी बस्ने सिराहा बरियारपट्टी गाउँपालिका–२ घर भएका ५० वर्षीय किशन कुमार राय आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । 

बाजुरा, बडिमालिका नगरपालिका–८ कोट बस्ने ५५ वर्षीय सुर्य थापा सोही नगरपालिका–८ राप्कास्थित साँफे मार्तडी सडक खण्डको नालीमा मृत अवस्थामा फेला परेका छन् । 

मोरङ, जहदा गाउँपालिका–४ सिसौबारी टोलस्थित सडकको नालीमा रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३२ वर्षीय महेश हस्दा मृत अवस्थामा फेला परेका छन् । 

ललितपुर, गोदावरी नगरपालिका–१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट