काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा रविसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार आज (आइतबार) सरकारी वकिलको कार्यालय काठमाडौंले रविसहितलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।
प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस