Techie IT
२०८३ जेष्ठ १०, आइतबार

भद्रपुर उडेको जहाज काठमाडौं डाइभर्ट !


काठमाडौं । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको जहाज पुनः उक्त विमानस्थल डाइभर्ट गरिएको छ । 

आज (सोमबार) बिहान ११ः१५ बजे बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा डाइभर्ट गरिएको हो । 

जहाजको दायाँ इञ्जिनमा प्राविधिक समस्या आएपछि त्रिभुवन विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । 

विमानस्थलको टेक्निकल टिमले जहाजमा देखिएको प्राविधिक समस्यालाई चेकजाँच गरिरहेको छ ।

यात्रुहरूलाई भने अर्को जहाजमार्फत भद्रपुर पठाउने तयारी भएको छ । 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट