Techie IT
२०८२ माघ १८, आइतबार

राष्ट्रिय टिमका खेलाडीहरूको मुटु परीक्षण अब निःशुल्क: सहिद गङ्गालाल केन्द्रमा शुरु


राष्ट्रिय टिममा रहेका खेलाडीहरूको स्वास्थ्य परीक्षण अब सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने खेलाडीहरूको मुटु सहित स्वास्थ्य परीक्षण गर्न आज त्रिपक्षीय सम्झौता भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए। मन्त्री पौडेलले त्रिपक्षीय सम्झौता कार्यान्वयनमा पनि सक्रिय भूमिका खेलेका थिए।

सम्झौता स्वास्थ्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), र सहिद गङ्गालाल अस्पतालबीच मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा सम्पन्न भयो। यस सम्झौताअनुसार, राष्ट्रिय टिमका ७५७ खेलाडीहरूले हरेक वर्ष निःशुल्क मुटु परीक्षण गराउन सक्नेछन्।

कार्यक्रमको शुरुवात प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट गरिएको छ।

मन्त्री पौडेलले कार्यक्रममा बोल्दै, आफ्नो नेतृत्वकालदेखि नै खेलाडीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए र मुटु परीक्षणलाई पहिलो चरणको सुरुवातको रूपमा उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट