Techie IT
२०८२ मंसिर ३, बुधबार

तलाकपछि 'डिभोर्स' पर्फ्युम लन्च गरेर सामाजिक सञ्जालमा हलचल


संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी, राजकुमारी शेखा माहरा, फेरि चर्चामा आएकी छिन्। यसअघि उनले पति शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई ‘तलाक’ दिएपछि चर्चा पाएकी थिइन्।

हालै, माहराले नयाँ परफ्युम लन्च गर्दै सबैको ध्यान खिचेकी छिन्। यो पर्फ्युमको नाम 'डिभोर्स' राखिएको छ, जसले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। दुबईकी ३० वर्षीया राजकुमारी शेखा माहराले आफ्नो ब्राण्ड 'माहरा एम १' अन्तर्गत यो पर्फ्युम लन्च गरेकी हुन्।

सोमबार उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा पर्फ्युमको टिजर पोस्ट गर्दै यसबारे जानकारी दिएकी थिइन्। टिजरमा कालो डब्बामा सेतो अक्षरमा 'डिभोर्स' लेखिएको छ, जससँगै शिशाको टुक्रा, कालो पत्र, र कालो ढुङ्गाको दृश्य पनि देखाइएको छ। यो टिजर छिट्टै सामाजिक सञ्जालमा भाइरल भएको छ।

राजकुमारीको यो कदमलाई धेरैले साहसी र प्रभावशाली मानेका छन्, जसले तलाक जस्तो संवेदनशील विषयलाई आफ्नो ब्राण्डमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।


 

शेखा माहराले जुलाईमा सार्वजनिक रूपमा आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेको घटना चर्चामा आएको थियो । उनले इन्स्टाग्राम मार्फत यो घोषणा गरेकी थिइन्, जसमा उनले आफ्ना श्रीमानले अरू कसैसँग सम्बन्ध बनाएको कारण देखाउँदै तीन तलाक दिएको उल्लेख गरेकी थिइन्। दुबई जस्तो परम्परागत मूल्यमान्यता भएको देशमा यस्तो सार्वजनिक सम्बन्ध विच्छेदले ठूलो हलचल मच्चाएको थियो।


शेखा माहराको वैवाहिक जीवन छोटो रह्यो। उनले मे २०२३ मा शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमसँग विवाह गरेकी थिइन्। यही वर्षको मे महिनामा उनीहरूको एउटा छोरी जन्मिएकी थिई। तर त्यसको केही महिनापछि नै उनीहरूको सम्बन्ध टुटेको घोषणा भयो।


यो घटनाले मुस्लिम समाजमा महिला अधिकार र सामाजिक मूल्यमान्यताको बारेमा व्यापक चर्चा उठाएको छ। विशेषगरी दुबई जस्तो रूढिवादी देशमा एक प्रमुख व्यक्तिको पत्नीले गरेको यस्तो कदमले धेरैको ध्यान खिचेको छ। 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट