Techie IT
२०८३ भाद्र १८, बिहीबार

लुम्बिनी र सुदूरपश्चिममा भोलि र पर्सि भारी वर्षाको सम्भावना


भोलि र पर्सि देशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भन्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका भूभागमा यो प्रभाव देखिनेछ। भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले वर्षाको सम्भावना बढेको बताइएको छ।

मौसमविद सरोज पुडासैनीका अनुसार, यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ, जसले दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्रमा प्रभाव पार्न सक्छ। यसका लागि सतर्कता अपनाउन मौसमविदहरूले सुझाएका छन्।

विभागले विशेष बुलेटिन जारी गर्ने तयारी गरिरहेको छ, जसमा जोखिमका बारेमा विस्तृत जानकारी दिइनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट