Techie IT
२०८२ माघ १८, आइतबार

ग्रिनेड विस्फोट पीडित परिवारलाई ५ लाख राहत, घाइतेको निःशुल्क उपचार हुने


घाईते बालक लाई भेटन जानुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल

पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका बालबालिकाका परिवारलाई सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए।

विस्फोटमा परी २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो। साथै, घाइते भएका दुई बालकको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ।

विस्फोटमा घाइते १० वर्षीय पवन राई र ७ वर्षीय दिप्सन राईको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। केही दिनअघि मन्त्री पौडेलले अस्पतालमा उपचाररत बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले मृतक परिवारलाई राहत र घाइते बालबालिकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट