समाजवादी मोर्चाले काठमाडौंमा बृहत् आमसभा गर्ने
काठमाडौं । प्रतिपक्षमा रहेका चार दलको समाजवादी मोर्चाले बृहत् आमसभा गर्ने भएको छ ।
आज (बुधबार) नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको उक्त मोर्चाको बैठकले बृहत् आमसभा गर्ने निर्णय गरेको हो ।
बैठकले देशका सातै प्रदेशमा बृहत् अन्तक्र्रिया गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्माले जानकारी दिए ।
त्यस्तै मोर्चाको बैठकमा विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्नेसमेत निर्णय भएको विश्वकर्माले बताए ।
समीक्षा अध्ययन कार्यदलले भने हालसम्म प्रतिवेदन बुझाएको छैन ।
मोर्चाको बृहत् आमसभा संघीय राजधानी काठमाडौंमा यहीँ माघ २४ गते हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस