Techie IT
२०८२ फागुन १५, शुक्रबार

माओवादी केन्द्र संसदीय दलको बैठक जारी, यी एजेन्डाहरूमा हुँदैछ छलफल


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । 

शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतबारे छलफल गर्नका लागि उक्त बैठक बसेको हो । 

कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशका विरोधमा उत्रिन लागेको माओवादीले संसद्का दुवै बैठक प्रतिनिधिसभा र राष्ट्रिय सभामा लिने पोजिसनबारे छलफल भइरहेको छ ।

अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बिपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महँगी र भ्रष्टचारका बारेमा गम्भीर प्रश्न उठाउने निर्णय गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट