Techie IT
२०८२ फागुन १५, शुक्रबार

करिब २ सय १० किलो गाँजा बरामद


जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब २ सय १० किलोग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरीले अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा चालक गाडी छाडी फरार भएपश्चात गाडी तलासी गर्दा काठको बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट