Techie IT
२०८३ वैशाख १६, बुधबार

त्रिदेशीय महिला टी–२० : नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल


काठमाडौं । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ ।

उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो । नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ ।

तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ ।

बिहीबार भएको पहिलो खेलमा टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पराजय भोगेको थियो। पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको थियो ।

दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई मात्र १०२ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य थाइल्याण्डले ६ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट