Techie IT
२०८२ मंसिर ६, शनिबार

सेयर बजारमा उच्च अंकको वृद्धि


साताको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ विन्दुमा कायम भएको छ । यो २.६२ प्रतिशतको वृद्धि हो ।

यसैगरी, आज सेन्सेटिभ इन्डेक्स तीन प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम पनि झन्डै १३ अर्बमा पुगेको छ । आज ३३० कम्पनीको दुई करोड ४८ लाख ४८ हजार कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरमा कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहको सूचक वृद्धि भएको छ । लघुवित्त सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढ्दा विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहको सूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

बजारमा हरियाली छाउँदा आज सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी विकास कम्पनी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

समग्रमा बजार उच्च अंकले बढे पनि आज सामुदायिक लघुवित्त र सप्तकोशी विकास बैंकका लगानीकर्ताले धेरै गुमाएका छन् । यी कम्पनीको सेयर मूल्य क्रमशः १० प्रतिशत र ८.२० प्रतिशतले घटेका हुन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट