माओवादी पदाधिकारी बैठक जारी, इञ्चार्ज फेरबदल र पूर्वविद्यार्थीको जिम्मेवारी बाँडफाँड गरिँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इञ्चार्ज फेरबदल र पूर्वविद्यार्थी नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

आज (सोमाबार) दिउँसो १२ बजे देखि सुरु भएको पार्टी पदाधिकारी बैठकले मुख्यतः इञ्चार्ज फेरबदल र जिम्मेवारी हेरफेर गर्नेबारे निर्णय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यस्तै नेताहरूको कार्य विभाजन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाकालगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने सापकोटाले बताए ।

यसअघि माघ ८ गते बसेको बैठकले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक जारी छ ।




तपाईको प्रतिक्रिया दिनुहोस