रवि लामिछानेविरुद्धको मुद्दा भोलि दर्ता हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा भोलि (मंगलबार) दर्ता हुने भएको छ ।
आज (सोमबार) जिल्ला अदालत चितवनमा दर्ता हुने भनिएको मुद्दा भोलि दर्ता हुने भएको हो ।
चितवनमा रहेको साहारा सहकारीको बचत अपचलन अभियोगमा उनीविरुद्ध आज मुद्दा दायर गर्ने भनिए पनि दर्ता गरिएको छैन ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको थियो ।
गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।
रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध भोलि चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस