बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले माग्दीको बेनीमा खबरदारी सभा गर्ने भएको छ ।
उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेनी पुगेका छन् ।
प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता बेनी पुगेका छन् ।
अध्यक्ष प्रचण्डले आज (मंगलबार) बिहान स्थानीय विकास निर्माणका आयोजनाहरूको पनि निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस