Techie IT
२०८२ मंसिर ४, बिहीबार

दुवै सदनको बैठक बस्दै, विवादित अध्यादेशविहीन सम्भावित कार्यसूची सार्वजनिक (कार्यसूचीसहित)


काठमाडौं । संघीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दैछ । 

आज (सोमबार) बस्ने बैठकमा यसअघि कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले ल्याएका विभिन्न विवादास्पद अध्यादेश सम्भावित कार्यसूचीबाट हटाइएको संघीय संसद् सचिवालयले जनाएको छ । 

उक्त सचिवालयका अनुसार सत्ता र प्रतिपक्षी दलहरू छलफलमै रहेकोले दुवै सदनको बैठकको सम्भावित कार्यसूचीबाट अध्यादेश हटाइएको छ ।

विशेषतः भूमि र सामाजिक सञ्जाल नियमनसम्बन्धी बनेको अध्यादेश विवादमा परेको छ । यसको चौतर्फी आलोचना भएको छ भने प्रतिपक्षीले संसद्मा विरोध जनाइरहेका छन् । 

त्यसैले यसबारे दलहरूले गम्भीर छलफल गरिरहेकोले आज बस्ने संसद्को दुवै सदनको बैठकमा अध्यादेश समेटिएको छैन । 

आजको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

त्यसलगत्तै मन्त्री गुरुङले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव संसद्समक्ष प्रस्तुत गर्ने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

प्रतिनिधिसभाको बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०÷८१’ पेस गर्ने कार्यसूची रहेको छ । 

अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् सभासमक्ष प्रस्ताव प्रस्तुत गर्नेछन् । 

राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेदेखि बस्नेछ भने प्रतिनिधिसभाको बैठक १ बजे बस्नेछ । 

दुवै सदनको बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट