Techie IT
२०८३ मंसिर ९, मंगलबार

सुदूरपश्चिममा ६३ ऐन निर्माण, बाँकी कानुन बनाउने प्रक्रिया तीव्रहुँदै


मुख्यमन्त्री खगराज भट्ट, सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर प्रदेशका लागि आवश्यक ऐन तथा कानुन निर्माण भइरहेको बताएका छन् । हालसम्म प्रदेशमा ६३ वटा ऐन बनिसकेको र बाँकी कानुन निर्माणको प्रक्रियासमेत तीव्र पारिएको उनले स्पष्ट पारेका हुन् ।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘तीन तहका सरकारका ऐन, २०७७’ को कार्यान्वयनसम्बन्धी छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

संविधानले व्यवस्था गरेको अधिकार प्रयोग गर्दै कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ छ। कार्यक्रममा बोल्दै उnले स्थानीय र संघीय सरकारसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उल्लेख गरेका थिए। तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा मुख्यमन्त्री भट्टले विशेष जोड दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट