काठमाडौंमा अनलाइन जुवा खेल्दै गरेका २३ जना पक्राउ
काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित घरबाट अनलाइन जुवा खेलिरहेको आरोपमा २२ वर्षीय वकिल कुमार यादवसहित २३ जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले छापामारी नगद ८१ हजार रुपैयाँ, ८८ थान विभिन्न कम्पनीका मोबाइल र १० थान ल्यापटपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं महानगरपालिका-८ स्थित पशुपति वृद्धाश्रम अगाडि सोमबार अन्दाजी ४५ वर्षीय एक पुरूष मृत अवस्थामा फेला परेका छन्। मृतकको नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस