जनअधिकार र सामाजिक रूपान्तरणका लागि लड्दैछौं: नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताएका छन् ।
पार्टीको खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै आज उनले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताए । उनले भने, “पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ ।”
नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गरे । उनले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नहुने समेत बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस