यी हुन् जसपाको ग्रीन सिग्नलमा परेका अध्यादेश
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जनाएको जसपाले सरकारले ल्याएका अन्य पाँचवटा अध्यादेशमा भने समर्थन गर्ने बताएको छ । सरकारले विभिन्न छवटा अध्यादेश ल्याएको थियो ।
कार्यदल नै बनाएर अध्ययन गरेको जसपाले यो अध्यादेशमा सरकारलाई समर्थन नगर्ने भएपछि राष्ट्रिय सभामा अल्पमतमा रहेको सरकारलाई नैतिक सङ्कट पर्ने देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस