Techie IT
२०८२ मंसिर ३, बुधबार

संसद्‌मा विपक्षी सांसद बोल्दा लाइभमा समस्या


काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक जारी छ । 

आज (मंगलबार) बिहानदेखि सुरु भएको बैठकको लाइभ प्रसारण भइरहेको छ । यद्यपि विपक्षी सांसदहरू बोल्दै गर्दा लाइभ प्रसारणमा समस्या आउने गरेको छ । 

जारी संसद् बैठकमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले बोल्दै गर्दा प्रत्यक्ष प्रशारणमा समस्या आएको थियो । उक्त प्रसारणमा करिब आधा मिनेट समस्या आएको थियो । 

बैठकमा सत्तापक्षका सांसदहरूले बोल्दै गर्दा भने कुनै समस्या आएको छैन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट