Techie IT
२०८२ मंसिर ३, बुधबार

बजेटप्रति एमाले सांसदको असन्तुष्टि, भने– बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो


काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, “चालु आर्थिक वर्षको बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँड्नेजस्तो भयो । सङ्घ सरकारले बनाउने बजेट वितरणमुखी भयो ।” उत्पादन बढाउने र न्यायोचित वितरण गर्ने कुरालाई बजेटको प्राथमिकतामा राख्न नसकेको उनको भनाइ छ ।

संसद्को प्रभावकारितामाथि पनि उनले प्रश्न उठाए । आज प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण केही समय बैठक स्थगित भएको थियो । सांसद रिजालले संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउन सबै दल जिम्मेवार हुुनुपर्ने बताए । 

“संसद् भनेको नीतिको थलो हो, जिद्दीको थलो होइन । संसद् नियमनको थलो हो, तथानामको थलो होइन”, उनले भने । जिम्मेवार भएर आफ्ना अभिव्यक्ति राख्नुपर्ने र संसद्लाई मर्यादित बनाइनुपर्ने उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट