Techie IT
२०८३ असार २३, मंगलबार

एमाले निकट युवा संघको १०औं महाधिवेशन वैशाखमा हुने


नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले आगामी वैशाखको अन्तिममा १०औं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । माघ १३ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै सबै जिल्ला कमिटीलाई तयारी गर्न निर्देशन दिएको छ ।

महासचिव सुमन पुरीका अनुसार महाधिवेशनअघि नै युवा संघका जिल्ला अधिवेशनहरू आगामी फागुन मसान्तभित्र सम्पन्न गरिनेछ । निर्धारित समयमा अधिवेशन सम्पन्न नभए, सम्बन्धित जिल्ला इञ्चार्जको नेतृत्वमा अधिवेशन गरिने बताइएको छ ।

युवा संघले तीन जना सचिव, एक सचिवालय सदस्य र चार जना स्थायी कमिटी सदस्य मनोनयन गर्ने निर्णय समेत गरेको छ । बलराम बेल्वासे, कुवेर अधिकारी, र निशा लिम्बूलाई सचिवमा नियुक्त गरिएको छ भने, सागर भट्ट सचिवालय सदस्यका रूपमा मनोनित भएका छन् । स्थायी कमिटी सदस्यमा वीरेन्द्र चौलागाईं, विक्रम गुरुङ, रेणु तामाङ र वीरेन्द्र भट्ट चयन भएका छन् ।

संगठन सुदृढीकरणका लागि प्रदेश कमिटी इञ्चार्जहरू समेत तोकिएको छ। कोशीमा निरोज पौडेल, मधेसमा मोविन आलम, बागमतीमा महेश चौलागाईं, गण्डकीमा पर्वत भण्डारी, कर्णालीमा शारदा पछाईं, सुदूरपश्चिममा विनय शाह र विशेष प्रदेश कमिटीको जिम्मेवारी बलराम बेल्वासेलाई दिइएको छ ।

महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघले ३५ वटा विभागको जिम्मेवारी पुनःनिर्धारण गरेको छ। एमाले नेतृत्वले भ्रातृ संगठनको महाधिवेशन चैत मसान्तभित्र सक्न निर्देशन दिए पनि युवा संघले वैशाख अन्तिमलाई महाधिवेशनका लागि तय गरेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट