Techie IT
२०८२ वैशाख २९, सोमबार

मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभन देखाउँदै मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ का ५४ वर्षीय लिल बहादुर राई र काठमाडौं महानगरपालिका-२३ बसन्तपुरका ३७ वर्षीय बिशाल श्रेष्ठ छन् । लिल बहादुरले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ र बिशालले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिएको पाइएको छ ।

पक्राउ भएका आरोपितहरूलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं बत्तीसपुतली र काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

अभियुक्तहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट