Techie IT
२०८२ वैशाख २९, सोमबार

ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने महिला पक्राउ


वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् ।

छ लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट