Techie IT
२०८३ असार २१, आइतबार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे काठमाडौँको नयाँबानेश्वर स्थित संसद् भवनमा सुरु हुनेछ।

बैठकको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा प्रस्तुत गर्नेछन्। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

गृह मन्त्री रमेश लेखकले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' माथि सामान्य छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् भने वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले 'मोन्ट्रियल प्रोटोकल किगाली संशोधन' सम्बन्धी सामान्य छलफल गरिनुपर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठकको कार्यसूचीका बारेमा जानकारी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट