Techie IT
२०८२ असोज ८, बुधबार

भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । उनले अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने बताएका हुन् । 

आज (आइतबार) बसेको संसद् अधिवेशनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहीँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट