Techie IT
२०८२ मंसिर ३, बुधबार

अन्तरिक्षबाट मतदान गर्ने तयारीमा अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर


अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले सन् २०२४ को आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट मतदान गर्ने भएका छन्। विलियम्स र विलमोर अन्तरिक्ष यान 'स्टारलाइनर' मा प्राविधिक समस्या देखिएपछि निर्धारित समयमा पृथ्वीमा फर्किन नसक्दा सन् २०२५ को फेब्रुअरीसम्म आइएसएसमै रहनेछन्।

यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानबाट अन्तरिक्ष पुगेका थिए। यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि उनीहरूलाई तीन महिनाभन्दा बढी समय अन्तरिक्षमै बिताउनुपर्ने भएको हो। अन्ततः स्टारलाइनरलाई चालक दलबिना नै सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइएको छ, तर अन्तरिक्ष यात्रीहरू आगामी वर्षको फेब्रुअरीमा स्पेसएक्स ड्र्यागन यानमार्फत फर्काइनेछन्।

पत्रकार सम्मेलनमा विल्मोरले मतदान नागरिकको महत्वपूर्ण अधिकार भएको उल्लेख गर्दै आफूहरूले अन्तरिक्षबाटै मतदान गर्ने तयारी गरिरहेको बताए। उनले भने, "मैले आज मतपत्रका लागि अनुरोध गरेको छु, र केही हप्तामा प्राप्त गर्नेछौँ।"

सन् १९९७ मा टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न कानूनी अनुमति दिएपछि अन्तरिक्ष यात्रीहरूले यो अधिकार प्रयोग गर्दै आएका छन्। सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट मतदान गरेकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट