Techie IT
२०८२ भाद्र ४, बुधबार

अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा


रुसले आगामी महिनाहरूमा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रूसी वार्ताकारले मङ्गलबार साउदी अरेबियामा बताएका छन् । साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरूले भेट गरिरहेका छन् र वार्ताबाट क्रेमलिनले सम्बन्धको ‘पुनःस्थापना’ हुने आशा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेदेखि र अमेरिकी अधिकारीहरूले रुसप्रतिको नीतिमा परिवर्तन सङ्केत गर्ने भाषणहरू दिएपछि मस्कोमा वासिङ्टनले युक्रेन आक्रमणका कारण लगाइएका प्रतिबन्धहरू हटाउन सक्ने आशा बढेको छ ।

हामीसँग अर्थतन्त्रमा धेरै महत्त्वपूर्ण मार्ग छ”, रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख र वार्ताका लागि मस्कोका आर्थिक वार्ताकार किरिल दिमित्रिएभले सरकारी टेलिभिजन भन्नुभयो, “हामीसँग प्रस्तावहरूको शृङ्खला छ, जसको बारेमा हाम्रा सहकर्मीहरूले सोच्दैछन् र मलाई लाग्छ कि आगामी दुई–तीन महिनामा सम्भवतः यति टाढाको भविष्यमा प्रगति हुनेछ ।

उनले ती प्रस्तावहरू के थिए वा अर्थतन्त्रबारे कुनै भविष्यका वार्ताहरू कहिले हुनेछन् भनेर विशेष रूपमा बताएनन् ।

संयुक्त राज्य अमेरिकामा अध्ययन गर्नुभएका र पहिले गोल्डम्यान स्याक्समा काम गर्नुभएका दिमित्रिएभ क्रेमलिनका लागि महत्त्वपूर्ण वार्ताकारका रूपमा हेरिनुहुन्छ ।

अमेरिकाको नेतृत्वमा पश्चिमले सन् २०२२ मा युक्रेनमा सेना पठाउँदा रुसमाथि प्रतिबन्ध लगाएको थियो ।

मस्कोले विगत तीन वर्षमा आफ्नो सेनामा व्यापक रूपमा खर्च बढाएको छ । यसबाट रुसलाई मन्दीबाट बचाउन मद्दत गरेको छ तर घरमा उच्च मुद्रास्फीति र असन्तुलन निम्त्याएको छ ।

विशेषज्ञहरूले सेना र हतियारहरूमा यस्तो उच्च खर्च लामो समयसम्म दिगो नहुने बताए ।

तर दिमित्रीभले पश्चिम यसको आफ्नै प्रतिबन्ध नीतिको मुख्य सिकार हो भन्ने क्रेमलिनको भनाइलाई दोहो¥याए । “वार्ता सुरु गर्नु र प्रतिबन्धले रुसभन्दा अमेरिकी कम्पनीहरूलाई बढी असर गरेको भन्नु महत्त्वपूर्ण छ”, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट